१५ चैत्र २०७९, बुधबार | March 29, 2023

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ७ हजार भन्दा बढी पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ८ लाख ७८ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या ८ लाख ७८ हजार ५९८ पुगेको छ । भने संक्रमितको संख्या २९ लाख ९५ हजार ३० पुगेको छ ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार कोरोना संक्रमणका कारण २ लाख ७ हजार जनाको कोरोनाका कारण मृत्यु भएको छ । युरोपमा ४ लाख ७ हजार ४९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २० हजार ११८ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ३२५ जना निको भएका छन् । ती मुलुकहरुमा ५८ हजार ७०३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख २० हजार ७७२ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १६ हजार ९५३ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ९२४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार २० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३१ हजार १०२ जनामध्ये ९ हजार ५३० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा अहिलेसम्म १०१ जनाको मृत्यु भएको छ भने ६ हजार ७३३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ५७ बजे

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय

मानव बेचबिखनमा नेपालगन्ज नाका बदनाम

नेपालगन्ज । नाकामा आधा दर्जनबढी संघ/संस्थाहरुले चेकजाँच गर्ने गरेको भएपनि