१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कोरोना विरूद्धको लडाईंमा चिनिया सहयोग निरन्तर रहने



काठमाडौ । चिनियाँ राष्ट्रपति जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चिनिया राष्ट्रपति सिले कोरोना भाइरस बिरुद्धको लडांईमा चीन नेपालको साथ रहेको बताउंदै नेपाललाई चीनको निरन्तर सहयोग रहने बताउनुभएको हो ।

सोमबार साँझ दुई समकक्षीबीच टेलिफोन वार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति सिले कोरोनाविरुद्धको लडाइँमा नेपाललाईसहयोग गर्ने प्रतिबद्धता समेत दोहो¥याउनु भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले अनलाइन संस्करणमा उल्लेख गरेको छ । टेलिफोन संवादमा सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताउनुभएको छ ।

संवादमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गर्नुभएको थियो । साथै टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

उहाले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २५ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ