काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यसबाट हुने मृत्युको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा देशभर ४ महिला र ७ जना पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
प्रतिक्रिया