२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कांग्रेसमा सकस : देउवा-पौडेल चुनावी तालमेलको पक्षमा, गगन-विश्वप्रकाश अर्कै कित्तामा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिए । पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराए । उनले अहिलेको सत्ता साझेदार गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिए ।

उनले भने, ‘एक्लै चुनाव लड्दा २०७४ सालको चुनावमा के भयो ? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’

बलियो जनाधार र संगठन भएको एमाले प्रतिपक्षमा रहेका बेला एक्लै चुनाव लड्न नहुनेमा उनको जोड थियो । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीकै सहयोगबाट आफू प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘यो गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ । चुनावपछि पुनः नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।’

पार्टीभित्रै गठबन्धन गर्न नहुने आवाज उठिरहेका बेला देउवाले आफ्नो पोजिसन प्रष्ट पारेका हुन् । उनी मात्र नभएर का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनलाई निर्वाचनसम्म लैजानुपर्ने पक्षमा छन् ।

नेपाल तरुण दल, तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजानुपर्नेमा जोड दिएका थिए । संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको स्मरण गराउँदै उनले आगामी निर्वाचनसम्म यसलाई लैजानुपर्नेमा बताए । जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने उनको भनाइ थियो ।

कांग्रेस उपसभापति धनराज गुरूङले पनि आगामी निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिँदै आएका छन् । उनले त कांग्रेसलाई हात्ती र गठबन्धनका अन्य दललाई चमेरोको संज्ञा दिएका छन् । उनले भनेका थिए, ‘कांग्रेस हात्ती हो । चमेरोहरू ओत लाग्न खोज्दैछन् । चमेरोले हात्तीको कान दुर्गन्धित बनाउन खोज्दै छन् ।’

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने गठबन्धन गर्न नहुने पक्षमा छन् । कांग्रेस एक्लै चुनाव लड्न सक्ने भन्दै उनीहरू कुनै पनि राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्न नहुनेमा उनीहरूको अडान हो ।

चुनावी गठबन्धनका विषयमा कांग्रेसभित्र तीन ध्रुव देखिएको छ । सभापति देउवासहित केही नेताहरू गठबन्धनसहित चुनावमा नहोमिए समस्या निम्तिने अडानमा छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेल गठबन्धनसहित चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । तर, महामन्त्रीद्वय थापा र शर्मा भने एक्लै चुनाव लड्नुपर्नेमा जोड दिइरहेका छन् ।

कांग्रेसमा गठबन्धनबारे तेस्रो धारका पनि देखिएको छ । उनीहरूको विचार भनेको नेपाली कांग्रेस कमजोर देखिएको क्षेत्रमा गठबन्धनसँग चुनावी तालमेल गर्ने र अन्यत्र आफैँ लड्ने ।

कांग्रेस महामन्त्री शर्माले अहिले नेताहरू फरक फरक विचार राख्दै आएको बताए । गठबन्धनसँगै जाने वा एक्लै लड्ने भन्नेबारे पार्टीले निर्णय गर्ने भन्दै अहिले नेताहरूले आ-आफ्नो विचार व्यक्त गर्दै आएको बताए । २९ फागुनदेखि कांग्रेसले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान चलाउँदैछ । त्यसपछि मात्रै चुनावी तालमेलका बारेमा निर्णय गरिने उनको भनाइ छ ।

एक महिनासम्म चल्ने उक्त अभियानपछि गाउँघरबाट कस्तो खालको प्रतिक्रिया आउँछ, सोही आधारमा मात्र कांग्रेसले चुनावी गठबन्धनका विषयमा निर्णय गर्ने उनले बताए । आगामी ३० वैशाखका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेसले यही २९ फागुनदेखि एक महिने ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्दै छ । ‘अभियानबाट नेताहरू फर्किएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं । अहिले नेताहरूले फरक फरक विचार व्यक्त गरिराख्नुभएको छ । जुन स्वाभाविक हो,’ महामन्त्री शर्माले भने ।

नेताहरूबाट गठबन्धनबारे फरक-फरक खालको धारणा आउन थालेपछि सभापति देउवाले जथाभावी नबोल्ने निर्देशन नै दिएका थिए । तर, नेताहरू भने अझै पनि गठबन्धनका विषयमा फरक-फरक दृष्टिकोण राख्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : ०८ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको