१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

थारु समुदायको बडघर प्रथालाई स्थानीयतहले दियो कानुनी मान्यता



बर्दिया । बर्दियाको एक स्थानीयतहले थारु समुदायमा रहेको बडघर प्रथालाई कानुनी मान्यता दिएको छ । थारु समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथालाई व्यवस्थीत गर्नका लागि बारबर्दिया नगरपालिकाले ऐन बनाएको छ ।

‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बडघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७’ बारबर्दिया नगरपालिकाको आठौँ नगरसभाले सर्वसम्मत रुपमापास गरेको छ ।

नगरसभाले थारु समुदायमा रहेको बडघर प्रथालाई संस्थागत गर्नका लागि ऐन पास गरेको हो । बारबर्दिया नगरकार्यपालिकाले निर्माण गरेको ऐन अनुमोदनका लागि नगरसभामा पेश गरीएको थियो । सभाले ऐनमा रहेका केही शब्दावली सुधार गर्नुपर्ने सुझाव दिँदै पास गरेको बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गा बहादुर वि.कले बताए ।

बडघर प्रथालाई कानुनी रुपमा मान्यता दिई संस्थागत गरेको नेपाल कै यो पहिलो हो । यसअघि बड्घर प्रथालाई कुनैपनि स्थानीयतहले कानुनी मान्यता दिएको छैन । स्थानीय तह लगायतका सरकारी कार्यालयमा बडघरलाई साँछिको रुपमा स्विकारे पनि संस्थागत रुपमा स्विकारीएको थिएन ।

नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार, मर्यादा लगायतका कुराहरु समेटिएको छ । बडघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी गर्नुपर्ने उल्लेख गरीएको छ ।

त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिनीधिहरु सँग समन्वय गर्ने , गाउँमा रहेका सानातिना झै झगडा समाधान गर्ने, गाउँ टोलमा आई पर्ने जुनसुकै काममा सक्रिय सहभागीता जनाउने लगायत समुदायमा सामाजिक साँस्कृति आर्थिक सद्भाव कायम राख्ने कार्य वडघरको काम कर्तव्य अधिकार भित्र रहेको उल्लेख गरीएको छ ।

त्यसैगरी बडघर प्रथामा कायम रहने सहायक बडघर र चौकीदार समेतको काम कर्तव्य अधिकारको बारेमा पनि उल्लेख गरीएको छ । सहायक बडघरको कार्य बडघरको अनुपस्थितीमा गाउँको नेतृत्व गर्नु हो भने चौकीदारको कार्य गाउँमा आवश्यक सुचना प्रवाह गर्नुपर्ने उल्लेख गरीएको छ ।

थारुहरुको महानपर्व तथा नयाँबर्षको रुपमा मनाईने माघी पर्व आउन थालेको छ । माघी कै समयमा समुदायमा बडघरको छनौट गर्ने गरीन्छ ।ऐनमा बडघरको चयनथारु परम्परा अनुसार नै गर्नुपर्ने उल्लेख गरेको छ ।

ऐन पारित भएपछि परम्परागत रुपमा चल्दै आएको वडघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताए । उनले भने-बडघर प्रथालाई संस्थागत गर्ने ऐन यो नेपाल कै पहिलो हो । सदियौँ देखि जिम्मेवारी पुरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई हामीले संस्थागत गरेका छौँ । ऐनले बडघर प्रथालाई व्यवस्थीत मर्यादित र संस्थागत गर्ने बताउँदै उनीहरुले गर्ने सामाजिक कार्यको अभिलेखीकरण हुने थारुले बताए ।

उपप्रमुख अञ्जु दहितले बडघर प्रथाभित्र रहेका विकृतिहरुलाई नियमन गर्दै उनीहरुले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पुर्याउने बताईन् । उनले बडघर प्रथाले थारु समुदायको सामाजिक साँस्कृतिक र आर्थिक विकासको लागि महत्वपुर्ण योगदान गरेको कारणले त्यसलाई निरन्तरता दिन संस्थागत गर्नु परेको बताईन् ।

बारबर्दिया नगरपालिका-११ जब्दीगाउँका बडघर रामबहादुर थारुले नगरपालिकाले बडघर प्रथालाई मान्यता दिएकोमा खुसी व्यक्त गरे । उनले थारु समुदायमा बडघरको भुमिका ठुलो भएको बताउँदै सरकारी कार्यालयहरुमा मान्यता नदिँदा समस्या रहेको बताए ।

पछिल्लो समयमा जनप्रतिनीधि आएपछि बडघरको महत्व घट्दै गएको थियो । संस्थागत मान्यता दिएर नगरपालिकाले परम्परागत बडघर प्रथाको समुदायको शिर्ष स्थानमा राखेको छ । अझै पनि थारु समुदायमा बडघरको नेतृत्व बिना कुनैपनि सामाजिक कार्य गरिदैन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ०३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले