२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

Tag: नमस्ते-नेपाल-रुपन्देही

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्