२९ बैशाख २०८२, सोमबार | May 13, 2025

न्युयोर्कमा दुई नेपालीको मृत्यु



न्युयोर्क । न्युयोर्कमा ४० बर्ष कटेका दुईजना नेपालीको घरभित्रै मृत्यु भएको छ ।

मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको खसोखासले लेखेको छ ।

त्यस्तै झण्डै १९ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेन बिष्टको पनि सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । विगत एकसातादेखि बिरामी रहेका उनले शव पनि प्रहरीले लगेर दाहसंस्कार गरिसकेको जनाइएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ । बिष्ट न्युयोर्कको सन्नीसाइडमा बस्दै आएको मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टले जानकारी दिनुभयो ।

उनी पनि कोरोना संक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ तर रिपोर्ट आउन भने बाँकी रहेको छ । थोंग्वेन पनि झण्डै ४० बर्षको उमेरका थिए ।

उनको दाहसंस्कारमा उनका दाजु र समुदायका अन्य व्यक्तिलाई पनि सहभागी हुन नदिइएको जनाइएको छ । थोंग्वेन का दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् ।

मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : १९ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा