नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग वाणिज्य संघ आज बाँकेको आर्थिक गतिविधि, निजी क्षेत्रको आवाज र व्यवसायीको साझा प्रतिनिधित्व गर्ने प्रमुख संस्थाका रूपमा उभिएको छ । विसं २०२४ मा औपचारिक वैधानिक स्वरूप पाएको संघले ५० वर्षको यात्रा पूरा गरिसकेको छ । यो अवधिमा १२ जनाले विभिन्न कालखण्डमा संघको नेतृत्व सम्हालेका छन्…