६ आश्विन २०८३, मंगलबार | September 23, 2026

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा उनीहरुबीच भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र…