काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार राईलाई बिहीबार साँझ करिब ७ बजे नजिकैबाट गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर…