काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएकी छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेसागत…