गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिका-१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज यहाँ उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए । गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार(भट्ट फाँट(मनकामना सडकखण्डमा…