काठमाडौं । सिंगापुरमा जारी एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको समूह चरणअन्तर्गत पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको सानदार जित दर्ता गरेको छ। आइतबार बिहान सिंगापुर नेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। नेपालको प्रभावशाली बलिङसामु चिनियाँ ब्याटरहरू टिक्न नसक्दा नेपालले सहज जित हात…