नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २ मन्त्री सहित चार जना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको छ। यही भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरुलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार…