३ श्रावण २०८३, आइतबार | July 19, 2026

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका अभि घिमिरेलाई सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घिमिरेसँगै भरतपुर-१६ निवासी तेजेन्द्रप्रसाद पौडेललाई पनि पक्राउ गरिएको छ । पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता रहेको…