धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ भने विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। मुख्यमन्त्री भट्टको पक्षमा सत्तारुढ नेकपाका २० र नेकपा एमालेका ११ सांसदले मतदान गरेका छन्।…