काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन् । अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने सिम्रनले बुहारीको चरित्रमा अभिनय गरेकी छन् । कपिल रिजाल निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा…