नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता विपरीतका गतिविधिप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले सचेत गराएको छ । महासंघ बाँकेको जिल्लाको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा बसेको कार्यसमिति बैठकले पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार, अमर्यादित तथा आचार संहिता विपरितका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र नपर्ने ठहर गरेको छ । सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता…