विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच राज्यशक्तिको बाँडफाँट, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीय शासन प्रणाली कार्यान्वयनमा जोड दिँदै ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ सम्पन्न भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने सम्मेलनपछि सार्वजनिक गरिएको साझा घोषणापत्रमा नेपालको संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकार सञ्चालन भई सङ्घीय शासन प्रणालीलाई थप सुदृढ बनाउने…