जनकपुरधाम । संसद्भित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप मधेस प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ । पुस्तकालय केवल पुस्तक राख्ने कोठा होइन, विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने…