कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ । प्रतियोगिता नजिकिँदै गर्दा प्रदेश खेलकुद परिषद् गण्डकीले स्थानीय तहदेखि प्रदेशस्तरसम्म छनोटको कार्यतालिका तय गरी तयारी थालेको हो । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि परिषद्ले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै…