काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू घोषणा गरिएको छ। यसपटक १६ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने एक जना उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। बम्पर उपहारतर्फ गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ता विजेता बनेका हुन्। सामान्य मूल्यको…