काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत कार्य नसकिएपछि आइतबार साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार साँझ सूचना जारी गर्दै अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधनको आवागमन रोकिएको जनाएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वीराजमार्गमा क्षति पुगेपछि उक्त सडकखण्डमा एकतर्फी रूपमा…