२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो



काठमाडौं । दैलेखको बिद्युत प्राधिकारण क्वारेन्टाइनमा मृत्यु भएका एकजनामा कोरोना पोजिटिभ देखिएको छ । दैलेखमा मृत्यु भएको एकजना सहित नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान मृत्यु भएपनि दिउँसो मात्र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

अहिले सम्म मृत्यु भएका सातै वटा घटनामा मृत्युपछि नै कोरोना पुष्टि भएको छ ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका-११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय