१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो



काठमाडौं । दैलेखको बिद्युत प्राधिकारण क्वारेन्टाइनमा मृत्यु भएका एकजनामा कोरोना पोजिटिभ देखिएको छ । दैलेखमा मृत्यु भएको एकजना सहित नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान मृत्यु भएपनि दिउँसो मात्र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

अहिले सम्म मृत्यु भएका सातै वटा घटनामा मृत्युपछि नै कोरोना पुष्टि भएको छ ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका-११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : २३ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला