४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सेना परिचालन गरिने



काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन तथा कोरोना संक्रमण बढी भएको स्थानहरुमा सेना परिचालन गर्ने पनि निर्णय गरेको बताईएको छ ।
सरकारले भारतबाट आउनेका लागि २० वटा नाका तोक्नुका साथै तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई नेपाल ल्याउने निर्णय गरिसकेको छ । आजै बसेको सुरक्षा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापन तथा संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

कतिपय स्थानमा लकडाउन उल्लंघन गर्ने, संक्रमितलाई आइसोलेसनमा ल्याउन अवरोध गर्ने, क्वारेन्टाइनबाट संक्रमित भगाउने जस्ता कार्य हुंदै आएको थियो । मन्त्रिपरिषदले सीमामा थप कडाई गर्न जनपद र शसस्त्र प्रहरी अझै बढी परिचालन गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १० : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको