१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय १० पुग्यो



काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय १० पुगेको छ ।

विश्वभर भाइरसको सक्रमणबाट ४६ लाख २६ हजार ४ सय ८७ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ लाख ५७ हजार २ सय ८२ जना उपचार पछि निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख २१ हजार १२५ मध्ये १७ लाख ५५ हजार १२६ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार ६४ जनाले ज्यान गुमाएका छन् झण्डै एक लाख संक्रमित भएका छन् । ४२ घण्टामा ९९ हजार १ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

२५ लाख ५७ हजार ३२७ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६० हजार ४८२ जनाको मृत्यु भएको छ ।

१७ लाख ४१ हजार १२९ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ८११ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा ९९ हजार ५९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ३० हजार ७४५ पुगेको छ । त्यसमध्ये ४ लाख ४ हजार ७९० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २३ हजार ९६२ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ९१२ जना संक्रमित भएकोमा ४ लाख ३१ हजार ९२० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २१ हजार ३०० जनाको मृत्यु भएको छ । ४ लाख ६९५ जना संक्रमित भएकोमा १ लाख ३९ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ६३४ जनाको ज्यान गएको छ भने ७९ हजार ६६६ जना संक्रमित छन् । संक्रमितमध्ये २९ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६२१ जना संक्रमित भएकोमा ७ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८२ हजार ८६३ जनामध्ये ३ लाख २५ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : २६ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला