४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरेनाबाट मृत्यु भएकी महिलाका नवजात शिशुसहित ५ आफन्त आइसोलेसनमा



काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाका श्रीमानसहित पाँच जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएसँगै ती महिलासँग सम्पर्कमा आएका पाँच जनालाई आइसोलेसनमा राखिएकोे हो । नवजात शिशु, श्रीमान, उनकी आमा, बहिनी, भाइ गरी पाँच जनालाई शनिबार बेलुकादेखि आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताउनुभयो । उनीहरुको आइतबार बिहानै स्वाब संकलन गरिएको छ ।

गत बिहीबार २९ वर्षीयाको धुलिखेल अस्पतालमा मुत्यु भएको थियो । कोरोना संक्रमणको लक्षण देखिएपछि चेकजाँच गर्दा उनमा पोजटिभ पुष्टि भएको यिो ।

नवजात शिशु जम्मा १२ दिनको मात्र रहेका छन् । यसैले उनको विशेष ख्याल गरिएको प्रवक्ता ताम्राकारले बताउनुभयो ।

स्वाब संकलन गरिएका सबैको पीसीआर रिपोर्टको नतिजा सोमबार बिहानसम्ममा आउने बताइएको छ।

कोरोनाको कारण महिलाको मृत्यु भएपछि रोकिएको अस्पतालको सेवा भने आइतबार विहानदेखि सुचारु गरिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  २ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको