१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

क्यान्सरको उपचार गरेर दिल्लीबाट फर्किँदै गर्दा चितवनका दम्पती वृद्धवद्धालाई कोरोना संक्रमणले समात्यो



चितवन । शुक्रबार बिहानै स्वास्थ्यमन्त्रालयले कोरोना भाइरसका ३० जना नयाँ संक्रमितको तथ्याङ्क अद्यावधिक गर्यो । ३० जना मध्ये चितवनको भरतपुर महानगरापालिका ६ केरसबाघका दुई जना बृद्ध दम्पती पनि रहेको जानकारी गरायो ।

यी दुवै जनाको ट्राभल हिस्ट्री भने हालैका दिनमा भारसतसँग जोडिएको देखिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ती दुई जना गत जेठ ३ गते मात्रै भारतको नयाँदिल्लीबाट चितवन फर्केको खुलेको छ ।

दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा ७४ वर्षीय वृद्ध पुरुषको क्यान्सर उपचार गरेर घर फर्किएका थिए दुवै जना । तर फर्किँदै गर्दा उनीहरुसित कोरोना भाइरसको संक्रमण पनि सँगै आएको बुझिएको छ ।

उपचारपछि भारतीय एम्बुलेन्समा कृष्णनगर नाकासम्म आएका उनीहरु त्यसपछि नेपाली एम्बुलेन्समा घर आइपुगेका थिए ।

घरमा आएदेखि नै उनीहरु होम क्वारेन्टाइनमा बसेको भरतपुर–६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताउनुभयो । भारतबाट आएकाले स्वाब परीक्षण गर्न पठाएको पोजेटिभ देखिएको भन्दै कोइरालाले उनीहरुले कसैलाई पनि भेटेको नपाइएको बताउनुभयो ।

आमाबाबुसँगै आएका छोराको स्वाब परीक्षण नतिजा भने नेगेटिभ आएको छ।

दुवै जना संक्रमितलाई शुक्रबार नै भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ११ : ४४ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला