२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलमा ५० वेडको अर्को आइसोलेशन अस्पताल बन्यो



बुटवल । कोरोना संक्रमितलाई प्रभावकारी उपचार गर्नेगरी बुटवलमा अर्को आइसोलेशन अस्पताल निर्माण भएको छ । उपमहानगरपालिकाले केही दिन यता ५० वेडको आइसोलेशन अस्पताल तयार पारेको हो ।

वडा न ११ देविनगर स्थित एन्फा एकेडेमीको भवनमा ५० वेडको आइसोलेशन अस्पताल तयार पारिएको हो । धागो कारखानामा आइसीयूसहितको कोरोना विशेष अस्पतालपछि यहाँ अर्को थप अस्पताल निर्माण भएको हो ।

एन्फा एकेडेमीको भवनमा उपयुक्त आइसोलेशन अस्पताल निर्माण गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बिदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न बेड थप्ने कामसंगै अर्को आइसोलेशन अस्पताल निर्माण गरिएको प्रमुख सुवेदीको भनाइ छ । अस्पतालमा हाल ५० वटा वेड राखिएका छन् भने आवश्यक परेमा अरु थप गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

खुला मैदान समेत त्यहीँ भएकाले व्यायामका लागि पनि उपयुक्त हुने विश्वास गरिएको प्रमुख सुवेदीले बताउनुभयो । हाल बुटवल-१२, तामनगर क्वारेन्टाइनमा रहेका करिब एक सय २० जनाको आरडीटी परीक्षण भइरहेको छ ।

त्यसमा पोजेटिभ देखिनेको पीसीआर परीक्षण गरिनेछ । त्यसमा पनि पोजेटिभ देखिनेलाई सम्भवतः यहीँ आइसोलेशनमा लगिनेछ । लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले नै यहाँ पनि चेकजाँच गर्नेछन् ।

प्रदेश सरकारको समन्वयमा आइसोलेशन अस्पताल निर्मण गरिएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

क्वारेन्टाइनमा योगा अभ्यास

क्वारेन्टाइनमा योगा पनि चलिरहेको छ । योगिराज विष्णुहरि आचार्यले योगा अभ्यास गराइरहनुभएको छ । बुटवलको तामनगर र कान्ति स्कुलमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । तिनै स्थलमा पुगेर योगा अभ्यास गराएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  २ : ०३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले