१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

३२ जना संक्रमित थपिए, देशभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो



काठमाडौं । शनिबार विहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाही, बारा, चितवन, काठमाडौं, रुपन्देही, कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परीक्षणमा सर्लाहीको गोडैतता कविलासी नगरपालिकामा सबैभन्दा धेरै १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना र बाराको करैयामाई गाउँपालिकाका एक जना र काठमाडौंका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पताको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं. ६ का एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भरतपुर ६ मा शुक्रबार मात्र दुई जना बृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ०८ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला