४ पुस २०८२, शुक्रबार | December 20, 2025

३२ जना संक्रमित थपिए, देशभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो



काठमाडौं । शनिबार विहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाही, बारा, चितवन, काठमाडौं, रुपन्देही, कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परीक्षणमा सर्लाहीको गोडैतता कविलासी नगरपालिकामा सबैभन्दा धेरै १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना र बाराको करैयामाई गाउँपालिकाका एक जना र काठमाडौंका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पताको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं. ६ का एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भरतपुर ६ मा शुक्रबार मात्र दुई जना बृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको