२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिनुभयो ।

जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषको अन्त्येष्टि भने भइसकेको छ । मृतकको स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको उपाध्यायले बताउनुभयो ।

अहिले नेशनल मेडिकल कलेज सिल गर्ने प्रक्रिया अगाडि बढेको छ । क्षयरोग, दम र निमोनियाबाट ग्रसित ती व्यक्तिलाई परिवारका सदस्यले २ गते अस्पताल ल्याएका थिए ।

योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बाँके, गुल्मी र सिन्धुपाल्चोकका तीनजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १२ : २२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति