४ पुस २०८२, शुक्रबार | December 20, 2025

देशभर ६८२ जना कोरोना संक्रमित, पछिल्लो पटक ६ जना थपिए



काठमाडौं । कोरोना भाइरसका थप ६ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमित हुने व्यक्तिहरुको संख्या ६८२ पुगेको छ ।

पहिलो पटक सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् ।अछामको मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको सेती अञ्चल अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गरिएको थियो ।

यस्तै, भेरी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बर्दिया गुलरिया ३ र १० नं. वडाका दुई जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बारा जिराभवानी गाउँपालिकाको कालिकामाई क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये १ जना काठमाडौं निवासी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाराका एक वृद्धसहित कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ । मृतक ४ जनासहित कोरोना संक्रमितको कुल संख्या ६८२ पुगेको छ । संक्रमित मध्ये ६०२ जना पुरुष र ८० जना महिला रहेका छन् ।

यसैबीच, तौलिहवा अस्पतालबाट आज १ जना निको भएर घर फर्किएका छन् । यससँगै कोरोना संक्रमणलाई जितेर निको हुनेको संख्या ११२ पुगेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको