४ पुस २०८२, शुक्रबार | December 20, 2025

रौतहटमा २२ जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं । रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट सदरमुकाम गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । गौरमा मात्र सातजनामा संक्रमण देखिएको हो । देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको उनले बताए ।

संक्रमित सबै भारतबाट आएका थिए । उनीहरु सबैलाई क्वारेन्टाइनमा लिएर राखिएको थियो ।

सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए ।
रौतहटमा हालसम्म संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको