४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोभिड-१९ बाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित



काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बुधवार विहान सम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।

यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ६७ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ५ सय ५५ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ । वुधबार बिहान ५स्३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ ।

१९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २८ हजार २२० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९१८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४०० जनामध्ये ४ लाख ७८ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ४९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज