२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

यातायात मजदुरले बोकेका सवारीलाई कोरोनाले छुँदा उनीहरु कसरी सुरक्षित रहलान ?



नेपालगञ्ज । भारतबाट नेपाल फर्कने नेपालीलाई लिन सार्वजनिक यातायातका नेपाली सवारी साधन सीमावर्ती भारतीय बजार रुपईडिहासम्म पुग्ने गरेको खुलासा भएको छ । कानुनत गत चैत्र ११ गते देखि सिल भएको सिमाको सिल उल्लंघन गर्दै नेपाली सवारी साधन भारतीय बजार सम्म जाने गरेका हुन् ।

नेपाल फर्कदै गरेका नेपालीहरुलाई गन्तब्य पु-याउन नेपालगन्जका सवारी मालीकहरुलाई भ्याइनभ्याई भएको छ । नेपाली सवारी साधनको निर्वाद भारत प्रवेशले एकातिर सिमा सिल गर्ने सरकारको निर्णय उल्लंघन भएको छ भने अर्को तर्फ सवारी साधनबाटै संक्रमण भित्रिन सक्ने जोखिम पनि बढेको छ ।

भारत प्रवेश गर्ने सवारी साधनलाई न त कुनै सेनेटराईज गरिएको छ न त्यसमा रहेका चालक, सहचालकलाई कुनै स्वास्थ्य सुरक्षा सामग्री नै प्रदान गरिएको छ । सामान्य सर्जिकल माक्स वा कपडाको माक्सका भरमा चालक, कन्डक्टर र सहचालकलाई परिचालन गरिएको छ । महिनौ देखि काम नपाएर बेखर्ची भएका यातायात मजदुरहरु हातमुख जोड्नकै लागि पनि जोखिम मोलेर सिमा पारीबाट सवारी बोक्न बाध्य पारिएको छ ।

नेपाल यातायात मजदुर संगठन नेपालगन्ज नगर कमिटीका अध्यक्ष तारा प्रसाद जोशी गाडी मालीकहरुले मजदुरको ज्यान जोखिममा राखेर पैसा कमाउने होडमा लागेको आरोप लगाउंछन् । सबै वर्ग, क्षेत्र र समदायका पिडितलाई सरकारी र संघ संस्थाहरुले राहतको प्याकेज दिएपनि यातायात मजदुरहरुलाई कसैले राहतमा नसम्झेको जोशीको गुनासो छ । खानको लागि मात्र ज्यान जोखिममा राखेर मजदुरहरु काम गर्न बाध्य भएको भन्दै उनले बिगतमा भारत प्रवेश गर्दा दशौं स्थानमा चेक जांच गर्ने भारतीय सुरक्षाकर्मीहरुले यतिबेला रेल स्टेसन सम्म नै नेपाली साधन लैजान दिएको बताए ।

त्यहि बस चढेर गएकालाई क्वारेन्टाइनमा राखिन्छ, क्वारेन्टाइनमा बसेकाहरु मध्यबाटै कतिपयलाई कोरोना पोजिटिभ भएर आइसोलेसनमा पनि पुगेका छन् तर तीनै यात्रु बोक्ने यातायात मजदुरलाई कहिं कसैले आडीटी वा पीसीआर परिक्षण गराउन चासो देखाउंदैनन् ।

अघोषित सिन्डिकेट लगाईरहेका यातायात संचालक प्राली हरुले लकडाउनका कारण भन्दै सवारीको नम्बर पनि ननिकालिरहेका बेला सेटिङका भरमा सवारी मालिकहरुले सवारी संचालन गरिरहेकाछन् । बिना नम्बर र बिना आलोपालो सवारी बोकेका सावारी साधनहरु कहांका लागि छुटे, कति सवारी बोके भन्ने कुनै लेखाजोखा राखेको देखिंदैन । रेल स्टेसनबाट सवारी साधनमा खांदन मिलेजती खांदेर प्रदेश र प्रदेश बाहिरका कतिपय जिल्लाहरुमा सवारी साधन जाने गरेको नगर अध्यक्ष जोशीले बताए ।

यसरी भारतबाट नेपाल भित्रिएका नेपालीहरुलाई सिमामा सामान्य चेकजाँच समेत नगरि सिधैं उनीहरुको गृह पालिका पु-याईने गरेको छ । स्थानीय पालिकाहरुले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरेपनि तीनैलाई बोक्ने यातायात मजदुरलाई भने जोखिम न्युनिकरणका बिषयमा कसैले सम्बोधन गरेको छैन ।

यातायात ब्यवसायी महासंघका निवर्तमान क्षेत्रीय अध्यक्ष शोभाकर पौडेल प्रदेश सरकारको कमजोरीका कारण यातायात मजदुर सहित सिमा वारीका सबै जोखिममा पार्ने काम भईरहेको बताउँछन् । सिमाबाट भित्रिएका नेपालीको स्वास्थ्य जांच मात्र होईन लागत समेत हचुवाका भरमा राख्ने गरिएको पौडेलको आरोप छ ।

उता प्रदेशकै ठुलो मध्यको यातायात ब्यवसायी मानिने भेरी यातायात प्रालीका अध्यक्ष डेकनाथ गौतमले भने स्थानीय प्रशासनले सिधै यातायात मालिकहरुलाई सम्पर्क गर्ने र सवारी बोक्न लगाउने गरेकाले यातायात क्षेत्रमा अस्तब्यस्तता आएको बताउँछन् । उनले मजदुरहरु असुरक्षित र जोखिममा रहेको स्विकार गर्दै नयाँ पलाएका साना ब्यवसायीक संघ संस्थाहरुले मजदुरहरुलाई जोखिममा काम गराएको आरोप लगाए । क्याबिनमा सवारी नराख्न, पन्जा लगाउन र टाउको छोप्न भनिएको गौतमले बताए ।

गौतमले सुरक्षाको ब्यवस्था गरेको बताएपनि कार्यान्वयन भने भएको छैन ।

सरकारले भारतमा रहेका नेपालीलाई ल्याउने आधिकारिक निर्णय नगरे पनि सरकारी निर्णय लत्याउँदै सार्वजनिक यातायातका नेपाली नम्बरका सवारी साधन भारत जाने गरेको पाइएको हो ।

स्थानीय तहको सिफारिसमा भारतबाट आएकालाई सम्बन्धित जिल्लामा पठाउने गरिए पनि फर्किने नेपालीलाई लिन अहिले यातायात व्यवसायीले आफुखुशी रुपईडिहा पुग्ने गरेका छन् । आफुखुशी लैजान थालेपछि नेपाल–भारत जमुनाह नाकामा सवारी साधनको लामो लाइन लाग्ने गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ चालकलाई पीपीई दिन त सकिन्छ तर उनीहरुले लगाउंदैनन् भन्छन् । अहिलेको भन्दा अर्को ब्यवस्था गर्न नसकिने प्रजिअ कुरुम्वाङको भनाई छ । “जोखिम त छ, आएका नेपालीलाई गन्तब्य पु-याउनै प-यो, अरु के गर्न सकिन्छ र ?” प्रजिअ भन्छन् । सिमा सिल भएपनि आपसि समझदारीमा सिमा पारी गाडी जाने ब्यवस्था मिलाईएको प्रजिअ कुरुम्वाङको भनाई छ ।

यसरी राज्यको प्रशासन प्रमुखदेखि यातायात मालिक र स्थानीय पालिकाहरु सम्म यातायात मजदुरहरुका बिषयमा ‘बालमतलब’ बसिदिंदा उनीहरु गम्भिर जोखिममा पर्नेमात्र होईन उनीहरुबाट समाजमा फैलन सक्ने संक्रमणले माहामारीरुप नलेला भन्न सकिन्न । उनीहरुले नै बोकेर गन्तब्यमा प¥याएकाहरुलाई कोरोना संक्रमण भएको पाईरहंदा उनीहरु सधैं सुरक्षित रहन सक्लान र ?

फोटो सौजन्य : रुद्र सुबेदी

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ७ : २२ बजे

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत