१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

प्रदेश ५ मा ५६ संक्रमित २४ घण्टादेखि क्वारेन्टाइनमा, ९६५ संक्रमित हुंदा ४ जनाको मृत्यु



बुटवल । प्रदेश नम्बर ५ को ३ वटा प्रयोगशालामा परिक्षणका लागि संकलन गरिएको २० हजार ४ सय ३६ स्वाव परिक्षणबाट ९सय ६५ जनामा कोरोना पुष्टी भएको छ । अहिले सम्म परिक्षण गरिएको नमुनामा १४ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा ४ हजार ७ सय ५३ जनाको रिपोर्ट आउन बांकी रहेको प्रदेश स्वास्स्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट सहित प्रदेश ५ मा ९ सय ७० संक्रमित पुष्टी भएकोमा ४ जनाको मृत्यु भएको छ भने १ सय १७ जना निको भएर घर फर्केका छन् । प्रदेशमा ८ सय ४९ जनाले बिभिन्न कोरोना अस्पतालहरुमा स्वास्थ्य लाभ लिईरहेका छन् ।

प्रदेशमा तयार गरिएका १ हजार ६ सय ४८ क्वारेन्टाइनमा ३९ हजार २२० जनालाई राखिएको छ । ४ वटा आईसोलेसन अस्पतालमा २०९ जनाको उपचार भएकोमा १०४ जना निको भएर घर फर्केका छन् भने १०६ जना अस्पतालमै स्वास्थ्य लाभ गरिरहेकाछन् । प्रदेशमा रहेको आइसोलेसन सेण्टरमा ६७५ जनाले सेवा लिएकोमा १३ जना निको भएर घर फर्केका छन् भने ६६२ जना उपचारत छन् ।

त्यसैगरि प्रदेशमा सरकारकारी र निजी समेत गरी ४८ वटा अस्पतालमा २६ जना आशंका गरिएकाहरुको उपचार भईरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशित सुचना अनुसार ५६ जनाको कहां उपचार भईरहेको छ भन्ने तथ्यांक उल्लेख गरिएको छैन ।

५६ जना संक्रमितहरु अहिले पनि क्वारेन्टाइनमै रहेकाछन् । उनीहरुलाई आइसोलेसनमा सार्ने तयारी भईरहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिएका छन् ।

प्रदेश ५ मा सबै भन्दा बढी कपिलवस्तुमा ४७५ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ०७ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला