४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्घाखांचीमा पनि जनप्रतिनिधिलाई कोरोना पुष्टि, नेपाल आउने क्रममा मृत्युभएका युवकसंग आउने सबैलाई संक्रमण



अर्घाखाँची । अर्घाखांचीमा नगरपालिकाका उप प्रमुख सहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का ३४ वर्षिय पुरुषको सम्पर्कमा आएका ३० जना र उनीहरुकै ब्यवस्थापनमा सक्रिय नगरपालिकाका उप प्रमुख लाई कोरोना पुष्टि भएको हो ।

गत जेठ १० गते लखनउमा मृत्यु भएका कृष्ण बहादुर गैरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियो । गैरेसंगै आएका नागरिक लाई ब्यवस्थापनमा खटिएका जनप्रतिनिधी तथा सन्धिखर्क नगरपालिका का उपप्रमुखलाई पनि कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएकोे परिक्षणमा ३१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज कोरोना संक्रमण पुष्टि हुनेहरु मध्ये सन्धिखर्क नगरपालिका १ का १ जना , सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना हरेका छन् । यस्तै शितगंगा नगरपालिका वडा नम्बर १० का एक जना पाणिनी गाउँपालिका वडा नम्बर ७ का एक जना नागरिकमा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीमा कोरोना संंक्रमित संख्या ३६ पुगेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको