४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : देशभर सामान्य बदली, धेरैजसो क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको नजिक दक्षिण तर्फ रहेको छ । हाल देशभरको मौसममा समान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ ।

जसअनुसार त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा बाढी पहिरो, र डुबानको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश नं २ र बाग्मती प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको