४ पुस २०८२, शुक्रबार | December 19, 2025

रातभरको वर्षाले पहिरो खसेर पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध



बुटवल । अबिरल वर्षाका कारण प्रदेश ५ का बिभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । रातभर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको धानखोला नजिकै दोबाटामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ भने बुटवल पाल्पा खण्डको सिद्धार्थ राजमार्गमा पनि २ ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पूर्व पश्चिम राजमार्गको बिहान साढे ४ बजे देखि अवरुद्ध छ भने सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड बिहान साढे ५ बजे देखि अवरुद्ध रहेको छ । त्यस्तै, तिनाउ गाँउपालिका जोरधारा नजिकै पनि बिहान साढे ६ बजे पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रहरीको समन्वयमा दुबै राजमार्गमा पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ । राजमार्ग सुचारु नहुँदा सम्म सो राजमार्गको बाटो यात्रा तय नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ८ : १६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज