८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप



काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतसम्म निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीएमसी) बैठकले पनि एकसाता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो ।

निषेधाज्ञा लगाउने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भए पनि देशको केन्द्रीय राजधानी भएका कारण सीडीओहरुले गृहमन्त्रालयको सुझाव पर्खिएका थिए ।

बुधबार बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको भएको छ । सीडीओहरुले निषेधाज्ञा घोषणा गर्नुअघि काठमाडौं, उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल समेत गरेका छन् ।

यसअघि भदौ ३ गते मध्यरातिबाट लगाइएको निषेधाज्ञा आज बुधबार राति १२ बजे सकिँदै थियो । सोमबार नगरपालिका फोरमले समेत निषेधाज्ञा थप गरी सो समयमा उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनुपर्ने, आइसोलेसन सेन्टरहरु थप गर्नुपर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा अत्यावश्यक वस्तुको खरिदको कामबाहेक अन्य काम गर्न निषेध गरिएको छ । तरकारी र दुध र खाद्यवस्तुका पसल बिहान सवा ९ बजेसम्म खोल्न दिइएको छ । औषधी पसलहरुलाई भने कुनै रोकतोक गरिएको छैन ।

नियमित सरकारी र अन्य अत्यावश्यक कार्यालयहरुमा जानका लागि कर्मचारीहरुलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजे देखि साँझ ५ बजेसम्मको आउजाउको समय तोकिएको छ ।

यसअघिको निषेधाज्ञामा मर्निङ वाक र इभिनिङ वाकको नाममा मानिसहरु बाहिर निस्केको भन्दै सीडीओहरुले अब त्यसमा नियन्त्रण गर्ने जनाएका छन् ।

निषेधाज्ञामा के के गर्न निषेध छ ?

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन समेत सञ्चालन गर्न पाईदैन ।

कोभिड­-१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् ।

अत्यावश्यक वस्तु वा सेवा अन्गर्तत औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाईँदैन । परम्परागत रुपमा र दैनिक रुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईँदैन ।

त्यस्तै फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ्ग सेवालगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने छ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्र्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने छ ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने जनाइएको छ । उपत्यकामा पानी र औषधिजन्य सामग्री बिक्री गर्ने व्यवसाय जुनसुकै बेला पनि खुला रहने तर अन्य खाद्यवस्तु, दुध, तरकारी, फलफूलका व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : ५९ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ