५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सिन्धुपाल्चोकका एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार



चौतारा । सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् ।

असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै वडा जोखिम भयो । जम्बुको पहिरोमा दुई जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए भने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन् । जम्बु, कसेरी, बुकाम, खागदललगायतका पूरै बस्तीमा क्षति पुगेको छ ।

मान्द्रा, गाती, सोताङ, हुन्दुङ, अरुचेलगायत दर्जन बस्ती जोखिममा रहेको नगरपालिकाले जनाएको छ । बाढी र पहिरोले नगरभित्रका पाँच हजार पाँच सय सय बढी परिवार जोखिमयुक्त बस्तीमा रहेका छन् । जुगल गाउँपालिकाले पनि यो वर्ष बाढी पहिरोबाट ठूलो क्षति व्यहोर्यो । जुगल गाउँपालिका–२ लिदी पहिरोमा ३७ घर पुरिए भने ३३ को मृत्यु भयो र छ जना बेपत्ता छन् ।

पहिरो गएकै स्थानमा १७२ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो । लिदीसँगै नाम्फामा एक सय ६०, सञ्चगाउँमा १०७, नेम्लुङलगायत २९ बस्तीका ८५३ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो ।

सुरक्षित स्थान नै नभएको भनिएको भोटेकोशी गाउँपालिकाको दर्जनौँ जोखिमयुक्त बस्तीमा सात सय परिवार छन् । तातोपानी भन्सारको सुख्खा बन्दरगाह र आफन्तको शरणमा दैनिकी बिताइरहेका भोटेकोशीका नागरिकहरूलाई एकीकृत र सुरक्षित जग्गाको खोजी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउँछन् ।

भोटेकोशी र ब्रम्हायणी नदीले तटीय क्षेत्रमा निरन्तरको कटान भोगिरहेको बलेफी गाउँपालिकामा एक हजार २२ घर जोखिममा रहेको गाउँपालिकाको तथ्याङ्क छ । बलेफीको ५५ बस्ती बाढी र पहिरोको जोखिममा छन् । सिमासिङमा एक सय, चिलाउनेमा १२५ सहित ०७१ म जुरे पहिरोले क्षति गरेको ड्यामसाईड र नदी किनारका बस्तीहरू निकै जोखिममा रहेका छन् ।

पहिरोको उच्च जोखिममा रहेको पााचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवासहित सात बस्तीका एक सय ४४ घर जोखिमको लिस्टमा छन् । हेलम्बु गाउँपालिकामा २० बस्तीका तीन सय ९३, ईन्द्रावती गाउँपालिकामा दश बस्तीका ६६, सुनकोशी गाउँपालिकाको सात बस्तीका ३०६, लिसङ्खुपाखर गाउँपालिकाको १७ बस्तीका ८४३ र त्रिपुरा सुन्दरी गाउापालिकाको १८ बस्तीका ९६ घर बाढी र पहिरोको जोखिममा रहेको स्थानीय तहले जनाएका छन् ।

त्यस्तै मेलम्ची नगरपालिकाले नगरभित्र १७ बस्तीका २९४ घर परिवार जोखिममा रहेको जनाएको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाले ४६ बस्तीका ६७० घर जोखिममा परेको जनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले भूकम्पपछिको पुननिर्माणको बेला जिल्लाभर २४२ बस्ती जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमध्ये ७१ बस्ती जुनकुनै हिसाबले असुरक्षित रहेको औँल्याएको थियो ।

प्राधिकरणले जोखिमयुक्त भनेको २४२ मध्ये २३३ बस्ती बाढी र पहिरोको कारण बस्न अयोग्य भएको तथ्याङ्क स्थानीय तहहरूले उपलब्ध गराएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : ५४ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ