३ पुस २०८२, बिहिबार | December 18, 2025

भेरी अस्पताल नेपालगन्जले २२०० रुपैयाँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने



नेपालगन्ज । बाँकेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अस्पतालले २२०० शुल्क लिएर कोरोना परीक्षण गरिदिने निर्णय गरेको छ ।

भेरी अस्पतालमा संचालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड(१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर परीक्षण गराउने स्वीकृति पाएसँगै अस्पतालले शुल्क निर्धारण गरेको हो ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क लिएर परीक्षण गरिदिने निर्णय गरेको छ । ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको छ ।’बैठक पछि अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ३२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका