१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

भेरी अस्पताल नेपालगन्जले २२०० रुपैयाँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने



नेपालगन्ज । बाँकेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अस्पतालले २२०० शुल्क लिएर कोरोना परीक्षण गरिदिने निर्णय गरेको छ ।

भेरी अस्पतालमा संचालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड(१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर परीक्षण गराउने स्वीकृति पाएसँगै अस्पतालले शुल्क निर्धारण गरेको हो ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क लिएर परीक्षण गरिदिने निर्णय गरेको छ । ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको छ ।’बैठक पछि अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ३२ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला