२० मंसिर २०८२, शनिबार | December 6, 2025

आकाशियो तरकारीको मुल्य



काडमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।

भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।

उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए ।

नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए ।

पछिल्लो पटक काठमाडौं महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं पनि अनुगमनमा हिँडे ।

यसबीचमा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न ठाउँमा तरकारीको अनुगमनका क्रममा कैफियत भेटिएका व्यापारीलाई उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना तथा कारबाही गरेर झन्डै १२ लाख बढी त राजस्व नै सङ्कलन भएको दाबी गरेको छ ।

मन्त्रीको अनुगमनको नतिजा देखियो

प्याजको भाउ बढेको हल्ला बढी सुनिन थालेपछि मन्त्री भट्ट ग्राहककै भेषमा बल्खुस्थित तरकारी बजार पुगेका थिए । उनको अनुगमनमा तीन जना प्याज व्यापारी समातिए भने उनीहरूले लुकाएको प्याज बरामद गरियो ।

मन्त्री भट्टको ठाडो आदेशपछि तीन व्यापारी र उनीहरूले लुकाएको दुई सयभन्दा बढी प्याजका बोरा काठमाडौं जिल्ला प्रशासनको नियन्त्रणमा छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्याजमा कालोबजारी गर्ने तीन जना व्यापारीलाई कालोबजार ऐनअनुसार मुद्दा चलाएको जानकारी दिएको छ ।

काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जीवनप्रसाद दुलालले प्याजमा कालोबजारी गर्ने तीन जना व्यापारीलाई नियन्त्रणमा लिई कालोबजारी ऐन २०३२ अनुसार मुद्दा चलाइएको जानकारी दिए ।

उक्त ऐनअनुसार निज व्यापारीलाई बढीमा २४ दिन थुनामा राख्नसक्ने वा प्रमुख जिल्ला अधिकारीको तजबिजका आधारमा अधिकतम चाररपाँच लाख धरौटीमा थुनामुक्त गर्नसक्ने व्यवस्था छ । उक्त समापचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले