१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

जनकपुर रेलले व्यवसाय फस्टाउने आस



जनकपुरधाम । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो ।

देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर-जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो । जनकपुर-जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो । तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार-व्यवसाय खस्किँदै गयो ।

रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन् । भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार-व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आशावादी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन् । अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने समस्याबाट छुटकारा मिल्ने उनको कथन छ ।

ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ । ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आशा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी-व्यापारी व्यापार-व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टाउने आशा छ’, उनले भने ।

व्यवसाय खस्किँदै र भाडादर महँगो हुँदै गएपछि ऋणको दबाब थेग्न नसकेर उद्योगी-व्यवसायी पलायन हुन बाध्य भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन् । ‘रेल आएपछि व्यवसायीमा आशा जागेको छ, यसले जनकपुरमा किनमेल गर्न आउनेको संख्यामा वृद्धि हुनेछ । रेलमार्गबाट मालसमान ढुवानी र भारतीय मानिसको चाप बढ्ने हुँदा व्यापार-व्यवसाय फस्टाउनेमा म आशावादी छु’, उनले भने ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ०२ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला