१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

निर्माण कार्य उत्साहजनक : प्रधानमन्त्री ओलीद्वारा २८ वटा परियोजना शिलान्यास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ ।

कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।

ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री भएपछि उनले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गरेका थिए । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उनले गरिसकेका छन् ।

त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शय्याको क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा-सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ ।

त्यसैगरी २०७५ पुस १२ गते शिलान्यास गरिएको ऐतिहासिक धरहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । कुल २२ तलामध्ये १७ तलाको ढलान सम्पन्न भइसकेको छ ।

त्यसैगरी गत वर्ष असोजमा शिलान्यास गरिएको सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । त्यस्तै ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ३२ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको