४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प छैन : भारतीय विदेश सचिव श्रृंगला



काठमाडौं । भारतीय विदेश सचिव भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा भारतीय विदेशसचिव श्रृंगलाले दुई देशबीच अझ मजबुद सहकार्य आवश्यक रहेको बताएका छन् ।

श्रृंगलाले दुई मलुकको सम्बन्ध थप मजबुतीका लागि विकास सहायता, मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु चार खम्बा भएको टिप्पणी गरे ।

उनले नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहायता तथा सहकार्यलाई थप अघि बढाइने जनाए । भारत र नेपालबीच रहेको विभिन्न संयन्त्रहरु अब नियमित र क्रियाशील भएको उनले बताए ।

भारतीय विदेशसचिव श्रृंगलालले कोरोना महामारीको संकटपूर्ण अवस्थामा दुवै देश सँगै मिलेर लड्नुपर्नेमा जोड दिए । । भारत संसारकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भएको दाबी गर्दै उनले नेपालको खोप आवश्यकता पुरा गर्ने भारतको प्राथमिकता हुने प्रतिवद्धता जनाए ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको