१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

महाकाली अस्पतालमा रहेको पीसीआर मेसिन अझै सञ्चालनमा आएन



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पीसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन ।

दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पीसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो ।

प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च व्यवस्थापनका लागि यहाँ जनप्रतिनिधिसित पनि पटकपटक छलफल भई विभिन्न समिति बने पनि सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोरोना परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ ।

सुदूरपश्चिममा कोरोना परीक्षण र सङ्क्रमितको उपचारका लागि यहाँको तराईको जिल्ला कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अब्बल सावित भइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको पुरानो महाकाली अस्पतालले भने मेसिन सञ्चालनमै ढिलाइ गरिरहेको छ ।

“नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर दिए पनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको हो”, महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले भने, “अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएकै हो ।”

प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ । उनले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौँ तालीममा गएको बताए । “प्राविधिक टोली तालीमबाट फर्किनासाथ प्रयोगशाला सञ्चालनमा आउँछ”, सूचना अधिकृत भट्टले भने, “अरु सबै तयारी भइसकेको छ ।”

भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ । नगरपालिकाको कोडिभ-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ५३ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला