२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सरकारलाई चौतर्फी घेरावन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई चौतर्फी घेरावन्दी गरिएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सबैतिरबाट आफुलाई असहयोग र घेरावन्दी गरिएपछि आफ्ना सामु प्रतिनिधिसभा विघटन गरी जनतामा जानुको विकल्प नभएको जिकिर गरेका हुन् । सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल समेत गर्न नदिएएकाले प्रतिनिधिसभा विघटन गरिएको उनले दाबी गरे ।

ओलीले भने ‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो ।’

सम्बोधनका क्रममा ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर संसद अधिवेशन नै बोलाउन समेत खोजिएको आरोप लगाए । उनले भने, ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो ।’

उलने थुप्रै काम गर्दा समेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको बताए । पार्टी अध्यक्ष प्रचण्डलाई व्यङ्ग गर्दै ओलीले नयाँ निर्वाचनले अहिल्यै प्रधानमन्त्री हुन खुट्टा उचालेर बसेका नेता र दलहरुलाई आफ्नो लोकप्रियता मापन गर्न सहयोग गर्ने दाबी समेत गरे ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ४६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको