१५ बैशाख २०८१, शनिबार | April 27, 2024

ओलीलाई पार्टी अध्यक्षबाट निष्काशन गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णय, नयाँ अध्यक्षमा माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट निस्काशन गरेको छ ।

बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको छ ।

नेकपाका ४४६ जना केन्द्रीय सदस्यमध्ये ३१५ जनाको उपस्थिती रहेको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो ।

पार्टीको दुई तिहाई भन्दा बढी सदस्यहरुको उपस्थितिी सञ्चालन भएको बैठकले आइतबार स्थायी कमिटी बैठकले गरेको अनुशासनको कारवाहीको निर्णयलाई अनुमोदन गर्दै ओलीलाई अध्यक्षबाट हटाएको हो । नेकपामा अहिले भने ४४१ सदस्य कायम रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बैठकले संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोप लगाउँदै पदबाट हटाएको हो ।

बैठकले ओलीलाई निष्काशन गरेपछि सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई एक मतले अध्यक्ष चयन गरेको हो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ३६ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको