१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

संसद विघटनका विरुद्ध नेपाली कांग्रेसले पुस १६ गते देशब्यापी प्रदर्शन गर्ने



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन पुस १६ गते देशभर विरोध प्रदर्शन गर्ने बिषयमा टुङ्गो लागेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए ।

बैठकमा बोल्ने नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरंकुशतातर्फ उन्मुख रहेको बताएका थिए।

बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले आआफ्नो धारणा राखेका थिए ।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अन्दोलनको मोडालिटीका बिषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३० बजे

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा