२१ आश्विन २०८३, बुधबार | October 8, 2026

नेकपा माधव-प्रचण्ड समूहको केन्द्रिय कमिटी बैठक बस्दै, बैठकले पदाधिकारी चयन गर्ने



काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ।

केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै ११ बजे बस्ने भनिएको बैठक १ बजेका लागि सारिएको हो। हाल सम्म नखुलेका केहि नेताहरुले बैठकमा सहभागी हुने संकेत गरेकाले बैठकको समय सारिएको बताईएको छ ।

आज बस्ने सो समूहको बैठकले पार्टी महासचिव सहित पदाधिकारी थप गर्ने तथा अध्यक्ष प्रचण्डले यस अघि स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यतालिका रहेको नेताहरुले बताएका छन् ।

माधव प्रचण्ड समूहको महासचिवका लागि नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेको छ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ११ : ३० बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप